काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले संसद बीचैमा अन्त्य गरेर अघि बढे ओलीको नियतिसामु समर्पण गरेको ठहरीने दाबी गरेका छन् ।
काँग्रेसको १४औँ महाधिवेशनले देउवालाई सभापतिमा चयन गरेको केहीबेरमै उनले फेशबुक स्टाटस लेख्दै उक्त कुरा बताएका हु्न् । ओलीको संसद विघटनलाई व्यवस्थालाई नै संकट पारेको एमालेले महिनौदेखि संसद अवरोध गरिरहेको पनि उनले बताएका छन् ।
‘६ महिनाको समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सहि थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्,’ उनले लेखेका छन्, ‘संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्यो भने ओलीको नियतीका सामु सर्मपर्ण गरेको ठर्हनेछ।’
नेता पौडेलले राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलाप तर्फ सचेत रहन आम नागरिकको ध्यानाकर्षण समेत गराएका छन् ।
‘देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो । समावेशी संसदीय प्रणालीनै सिद्द्याउन खोजिएको देखिन्छ,’ उनले भनेका छन् ।