एमाले तेह्रथुम (क)ले प्रदेशमा सांसद तिवारीसहित ६ को नाम पठायो, समानुपातिकमा ३ महिला

तेह्रथुम, २१ भदौ । नेकपा एमालेले तेह्रथुम (क) बाट आगामी मंसिरमा हुने प्रदेश निर्वाचनका लागि आफ्ना उम्मेदवारहरु सिफारिस गरेको छ ।

एमाले तेह्रथुम क्षेत्र (क)ले प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।

तेह्रथुम एमालेको प्रदेश क्षेत्रीय सम्नवय कमिटी (क) को बैठक सोमबार बसेको थियो ।

जसमा प्रत्यक्षका लागि ६ जना र समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गरेको गरेको जनाइएको छ ।

प्रत्यक्षमा सिफारिस हुनेमा अनुभूतिबम नेपाली, अर्जुन ढुंगाना, किशोरचन्द्र दुलाल, कृष्ण गड्तौला, लछुमन तिवारी र लक्ष्मी कार्कीको रहेका छन् । जसमध्ये लछुमन तिवारी हालका तेह्रथुम (क) का प्रदेशसभा सदस्य हुन् ।

त्यस्तै समानुपातिकतर्फ कमला दर्नाल, रेनुका भट्टराई र हिमादेवी कार्कीको नाम सिफारिस भएका छन् ।

त्यस्तै क्षेत्र (ख) मा भने एमालेले उम्मेदवार सिफारिस गरिसकेको छैन । उक्त क्षेत्रका लागि एमालेले बुधबार सिफारिस गर्नेृ जनाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभर भदौ २२ गतेसम्ममा उम्मेदवार सिफारिस गर्न निर्देशन दिइसकेका छन् ।