प्रदेश– १ मा प्रतिनिधिसभाका लागि अध्यक्ष ओलीसहित १२ जना निर्विकल्प (नामसहित)

तेह्रथुम, २१ भदौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २२ गतेसम्ममा सबै उम्मेदवार आकांक्षीहरुको नाम सिफारिस गरिसक्न निर्देशन दिएका छन् ।

अध्यक्षको निर्देशनलाई आधार मान्ने हो भने अब आजसहित २ दिनभित्र देशभरबाट प्रदेश र केन्द्रका उम्मेदवारहरुको नाम सिफासिर भइसक्नेछ ।

एमालेको कतिपय स्थानमा एकल नाम सिफारिस भएका छन् भने कतिपय क्षेत्रमा एक भन्दा बढी नाम सिफारिसस भएका छन् ।

यसैगरी प्रदेश – १ मा भने प्रतिनिधसभाका लागि १४ जिल्लामध्येबाट अध्यक्ष ओलीसहित १२ जनाको नाम एकल सिफारिस भएका छन् ।

जसमा झापा ५ बाट अध्यक्ष केपी शर्मा ओलीको नाम एकल सिफारिस भएको छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङ इलाम – २ बाट, केन्द्रीय सदस्य वसन्तकुमार नेम्वाङ – पाँचथरबाट एकल सिफारिस भएका हुन् ।

त्यस्तै प्रदेश – १ बाट एकल सिफारिस हुनेहरु यसप्रकार छन्

रविन कोइराला – झापा १

महेश बस्नेत – इलाम १

ऋषिकेश पोखरेल – मोरङ २

भानुभक्त ढकाल – मोरङ ३

विनोद ढकाल – मोरङ ४

योगी मण्डल – मोरङ ५

जयकुमार राई – सुनसरी १

भगवती चौधरी – सुनसरी ३

मान वीर राई – सोलुखुम्बु