काठमाडौं, २१ भदौ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एमाले सचिव योगेश भट्टराईलाई जन्मदिनको सुभकामना दिँदै कुनै महत्वपूर्ण निर्णय लिँदा अभाव महसुस भएको उल्लेख गरेकी छन् ।
मंगलबार ट्वीटमार्फन जन्मदिनको सुभकाना दिँदै झाँक्रीले भट्टराईको अभाव महसुस भएको बताएकी हुन् ।
नेकपा एमालेमै रहँदा सहकार्य गरेका उनीहरु हाल फरक फरक पार्टीका सचिव हुन् ।
उनले लेखेकी छन्, ‘ह्याप्पी वर्थ डे टु यु दाइ, मेनि मेनि ह्याप्पी रिटर्नस् अफ अ डेअहेड, आफैंले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुनेरहेछ दाइ ।’
Happy birthday to you Dai, Many many happy returns of a day ahead.आफैले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाई। pic.twitter.com/fTHjNXBswb
— Ram kumari Jhakri (@Jhakri_didi) September 6, 2022