सन्दिप लामिछानेले आफूलाई बला–त्कार गरेको भन्दै १५ वर्षीया नाबालिगले हालिन जाहेरी

काठमाडौं, २२ भदाै। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक नाबालिगल आफूलाई बल–ात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

मंगलबार एक १५ वर्षिया किशोरीले बला–त्कारको आरोप लगाउँदै प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी हुन् ।

उक्त जाहेरी प्रहरी वृत गौशालामा दर्ता भइसकेको छ । जाहेरी उपर अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले निर्देशन दिइसकेका छन् ।

्क्यारेबियन लिग खेल्न जानुअघि आफूलाई सन्दिपले बला–त्कार गरेको नाबालिगले आरोप लगाएकी छन् ।

लामिछानेले आफूलाई सामाजिक संजालमार्फत चनजान गरेको र पछि भेटेर प्रलोभन देखाइ जबर–जस्ती गरेको जाहेरीमा उल्लेख छ ।