राति ११ बजे होटल पुर्याएर बला-त्कार गरेको पीडित नाबालिगको बयान

काठमाडौं, २२ भदौ । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले क्यारेवियन लिग खेल्न जानु अघिल्लो दिन भक्तपुर घुमाएर राति ११ बजे होटलमा लगेर बला–त्कार गरेको पीडितले बताएकी छन् ।

प्रहरी वृत गौशालमा वयान दिँदै पीडित नावालिगले आफ्नो होस्टल राति ८ बजे बन्द हुने भन्दा पनि जान नदिएको बताएकी हुन् ।

उनले जानाजान रात पारेर आफूमाथि बला-त्कार गरेको पीडित किशोरीले प्रहरीसमक्ष वयान दिएकी छन् ।

कप्तान लामिछानेबिरुद्ध पीडित भनिएकी नाबालिग किशोरीले मंगलबार प्रहरी वृत गौशालामा उजुरी दिएकी छन् ।

आफ्ना केही साथीलाई साथमा लिएर प्रहरीसमक्ष पुगेकी किशोरीले दिउँसो भक्तपुरतिर आफ्नो कारमा लगि घुमाएर रात पारेर होटलामा लगेर बला-त्कार गरेको पीडितको भनाइ छ ।

प्रहरी वृत गौशालाका अनुसार सन्दीप क्यारेवियन लिग खेल्न जानु अघिल्लो दिन ती किशोरी बस्ने मध्यवानेश्वर नजिकै होस्टलमा आफ्नो गाडी लिएर सन्दीप पुगेका थिए । र, दिउँसो भक्तपुर घुमाउन लगे ।

उक्त समय किशोरीले आफ्नो होस्टेल रातिको ८ बजे बन्द हुने पनि भनेका थिए । तर सन्दीपले किशोरीलाई केही छिन् केही छिन् भन्दै रात पारेका थिए ।

त्यसपछि करिब ११ बजेतिर ती किशोरीलाई पिंगलास्थानको एक होटलमा लगेको पीडित किशोरीले प्रहरीलाई बताएको बताइएको छ ।

होटलमा पुग्दा पनि सन्दीपलाई दुई कोठा बुक गर्न आग्रह गरेपनि नमानेको बताएकी छन् ।

उक्त बेलुका सन्दीपले आफूलाई लट्याएर दुई पटक बला-त्कार गरेको पीडितले प्रहरीलाई सुनाएकी छन् । ती किशोरी सन्दीपको फ्यान भएको र सामाजिक संजालबाट कुराकानी हुने गरेको जनाइएको छ ।

प्रहरीले पीडितको जाहेरी दर्ता गरेर अनुसन्धान थालेको र उनीहरु बसेको होटलमा सोधपुछ र सीसी टिभीसमेत संकलन गरेको जनाएको छ ।

पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गरिएको प्रहरीको भनाइ छ ।

उता नेपाल क्रिकेट संघ क्यानले पनि क्यारेवियन लिग खेल्न जानु अघिल्लो दिन सन्दीप क्यानको टोलीसँग नरहेको स्पष्ट पारेको छ ।

क्यानको आकश्मिक बैठक बसेर सन्दीपलाई क्यानबाट हटाउने तयारी भइरहेको छ । नेपाली क्रिकेट टिमका क्याप्टेनसमेत रहेका सन्दीप हाल क्यारेवियन लिख खेल्न वेष्टेन्डिजमा छन् ।