प्रेस युनियन पाँचथरले ३ दिने आधारभूत पत्रकारिता तालिमको आयोजना गर्ने

पाँचथर, २२ भदौ । नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरले ३ दिने आधारभूत पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ ।

युनियनले आगमी असोज १ गतेदेखि ३ गतेसम्म फिदिममा आधारभूत पत्रकारिता लालिम प्रदान गर्ने भएको हो ।

नयाँ पत्रकारहरू उत्पादन गर्ने तथा युवाहरूमा पत्रकारिता प्रति रूचि जगाउने उदेश्यले तालिमको आयोजना गर्न लागेको प्रेस युनियन शाखा पाँचथरले जनाएको छ ।

तालिममा जिल्लामा क्रियाशिल सम्पूर्ण विद्याका पत्रकारका साथै इच्छुकहरुलाई सहभागी हुन आग्रह गरिएको छ ।

सुचना