काठमाडौं, २८ मंसिर । किरात याक्थुङ चुम्लुङ वुशान शाखा दक्षिण कोरियाले ‘चासोक तङ्नाम ५०८१’ विविध कार्यक्रका साथ मनाउने भएको छ ।
‘हामी हाम्रो पहिचान र अस्थित्वका लागि एक हौँ’ भन्ने मूल नाराका साथ भव्य रुपमा चासोक तङ्नाम मनाउन लागिएको चुम्लुङ वुशान शाखा अध्यक्ष दिवा बरुमहाङ लिम्बूले बताउनु भयो ।
कार्यक्रको आयोजना यही आइतबार, डिसेम्बर १९ तारिख लुम्बीनी सभाहल किम्देमा मध्यान्ह १२ बजेबाट हुने चुम्लुङ वुशान शाखा सदस्य किरन कन्दङ्वाले बताउनु भयो ।
सो अवसरमा शुभकामना आदानप्रदानका साथै सांस्कृतिक कार्यक्रमको पनि आयोजना हुने शाखा अध्यक्ष लिम्बूको भनाइ छ ।
किरात लिम्बू समुदायले मौलिक चाडका रुपमा चासोक तङ्नाम अर्थात उधौली उभौलीका रुपमा मनाउने गर्दछन् । दक्षिण कोरियामा पनि त्यहाँ कार्यरत तथा त्यहाँ बसोबास गर्ने किरात लिम्बूहरुले यो कार्यक्रमको आयोजना गर्न लागेका हुन् ।