प्रतिनिधिसभा प्रत्यक्षतर्फ तेह्रथुम माओवादीले इम्सङको नाम पठायो, समानुपातिकमा को को ?

तेह्रथुम, २३ भदौ। नेकपा माओवादी केन्द्रले तेह्रथुमबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आफ्ना उम्मेदवारहरु सिफारिस गरेको छ ।

बुधबार बसेको माओवादी जिल्ला कमिटीको बैठकले प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।

तेह्रथुममा प्रतिनिधिसभाको एक मात्रै क्षेत्र रहेको छ । माओवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष इन्द्रबहादुर इम्सङ (प्रकाश)लाई सिफारिस गरेको जनाइएको छ।

उनी स्थानीय तहको निर्वाचनमा छथर गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।

त्यस्तै समानुपातिकतर्फ भने होमकुमारी खापुङ र नन्दलाल दर्नालको नाम सिफारिस गरेको माओवादी तेह्रथुमले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!