तेह्रथुम, २३ भदौ । नेकपा माओवादी केन्द्रले प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फ आफ्ना उम्मेदवारहरु सिफारिस गरेको छ ।
बुधबार बसेको माओवादी तेह्रथुमको बैठकले उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । जसमा प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ तेजबहादुर कटुवालको एकल नाम सिफारिस भएको छ ।
प्रदेशसभा (ख)मा पनि प्रत्यक्षतर्फ दुर्गाप्रसाद चापागाँई (सचिन) को एकल नाम सिफारिस गरिएको छ।
चापागाँई पार्टीका केन्द्रीय सदस्य हुन् । उनी माओवादीका नेता वर्षमान पुन मन्त्री रहेका बेला उनका सचिवालयमा समेत काम गरेका नेता थिए।
उनी ०६४ र ०७० मा जिल्लाबाट ससंविधानसभा सदस्यको प्रस्यासी थिए । त्यस्तै प्रदशसभातर्फ समानुपातिकमा भने दिलकुमारी लिम्बु, तेजेन्द्र कुरुम्बाङ, सुर्यबहादुर विक, चुडामणि बराल, तेजमान कन्दङवा र टिकाराम लिम्बूको नाम सिफारिस भएको छ ।
स्थानीय तहको निर्वाचनमा माओवादीले जिल्लामा गठबन्धन हुँदा फेदाप गाउँपालिका र आठराई गाउँपालिकामा उपाध्यक्ष जितेको छ । माओवादीले आफ्ना उम्मेदवारहरु सिफारिस गरेपनि गठबन्धन रहेका कारण तेह्रथुममा कुन पार्टीको भागमा पर्छ भन्ने स्पष्ट भइसकेको छैन ।