नेपाली सेनाले माग्यो ४,००० जवान, कहिले सम्ममा आवेदन दिने ?

काठमाडौँ, २४ भदौ। नेपाली सेनाले अत्याधिक ठूलो संख्यामा जवान पदमा भर्ना खुला गरेको छ ।

(शुक्रबार) सेनाको भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग, जङ्गी अड्डाले विज्ञापन जारी गर्दै ४ हजार जवान भर्ति खुला गरेको हो ।

उक्त विज्ञापनमा योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

जसमा सैन्य परिवारका लागि २०० माग गरिएको छ । त्यस्तै खुला र समावेशीताको आधारमा अन्यलाई भर्ना गरिने जनाइएको छ ।

माग भएकामा खुलातर्फ २ हजार ८८, महिलातर्फ ३३०, आदिवासी जनजातिमा ५५०, मधेसी ४८०, दलित २५२ र पिछडिएको क्षेत्रबाट ८० जनाको कोटा छ ।

इच्छुकले आउँदो असोज ३० गतेभित्र भर्नाका लागि आवेदन दिइसक्नुपर्नेछ ।

भर्नाका लागि योग्य हुन पुरुषको हकमा उचाइ ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च फुलाउँदा ३४ इन्च र तौल ५० किलोग्राम हुनुपर्नेछ भने महिलाको हकमा उचाइ ५ फिट तौल ४० किलो हुनुपर्नेछ ।