प्रधानमन्त्री बन्न चाहे अहिल्यै बन्न सक्छु तर म त्यो मुडमा छैन : प्रचण्ड 

काठमाडौं, २४ भदौ । नेकपा माओवादी केन्दल्रका अध्यक्ष पुष्पकमल दााहल प्रचण्डले आफू प्रधानमन्त्री बन्ने चाहना भए अहिले नै बन्न सक्ने तर त्यो नचाहेको बताएका छन् ।

शुक्रबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिले आफू प्रधानमन्त्री बन्दा देश र जनताका लागि राम्रो नहुने तर्क गरे । बरु निर्वाचनको परिणाम पछि यसले निर्धारण गर्ने उनले बताए ।

चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने विषयले भागवण्डा नटुंगिएको भन्ने विषयमा कुनै सत्यता नरहेको अध्यक्ष प्रचण्डले दाबी गरे ।

‘वाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्राथमिकता दिएको हुनाले त्यसैका लागि छोडेको हो। नत्र म २०७४ साममै ५ वर्षको लागि प्रधानमन्त्री बन्ने थिएँ,’ अध्यक्ष प्रचण्डले भने, ‘अहिले प्रधानमन्त्रीको विषयमा गठबन्धनमा कुनै विवाद भएको छैन । गर्ने पक्षमा पनि छैन । प्रधानमन्त्री बन्न चाहने हो भने अहिल्यै बन्न सक्ने स्थिति छ तर म बन्दिनँ । देश र जनताका लागि फाइदाजनक हुँदैन । चुनावपछि के हुन्छ रिजल्टले देखाउने कुरा पनि हुन्छ ।’