तेह्रथुम, २६ भदौ । तेह्रथुमको आठराई गाउँपालिका वडा – ६ स्थित हाटडाँडामा औँसी पूर्णिमामा बजार उद्घाटन भएको छ ।
शनिबार एक कार्यक्रमकाबीच नवनिर्मित काजीमान कन्दङ्वाको प्रतिमा रहेको स्थान हाटडाँडामा अब हरेक महिनाको औँसी र पूर्णिमामा बजार लाग्नेगरी औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
परापूर्वकालमा लाग्दै आएको औसी–पूर्णिमालाई पुनर्उत्थान गर्ने उदेश्यले (बजार) लगाइन लागेको बजार व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर कन्दङ्वाले बताउनुभयो।
यहाँ बजार लाग्ने भएसँगै चुहानडाँडाका विभिन्न स्थानमा उत्पादिन वस्तुहरु केही मात्रामा भएपनि बजारीकरण हुने अपेक्षा छ ।
याे पनि हेर्नुहाेस्
काजीमानको प्रतिमा रहेको हाटडाँडामा २५ गतेदेखि औपचारिक रुपमा औसी–पूर्णिमा मेला