राज्यमन्त्री खापुङको पहलमा तेह्रथुम र धनकुटाका अस्पतालहरुमा स्वास्थ्य सामग्री बितरण

तेह्रथुम, २९ मंसिर । स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री भवानीप्रसाद खापुङको पहलमा तेह्रथुम र धनकुटा जिल्लाका अस्पतालहरुलाई स्वास्थ्य उपकरण प्रदान गरिएको छ ।

बुधबार धनकुटा र तेह्रथुम जिल्लाका अस्पतालहरुमा मन्त्रीको सचिवालयले विभिन्न स्वास्थ्य सामग्रीहरु बितरण गरेको हो । जसमा जिल्ला अस्पताल धनकुटालाई २ थान विपाईप मेसिन, २ थान भ्याकुम एक्स्ट्राक्टर, १० थान एम्बु व्याग, ५ वटा ५० लि.को अक्सिजन सिलिन्डर, २ थान एक्रे मेसिन ,१० हजार पीस सर्जिकल मास्क बितरण गरिएको मन्त्रीका स्वकीय सचिव गजेन्द्र कन्दङवाले बताउनुभयो ।

त्यस्तैगरी खापुङकै पहलमा जिल्ला अस्पताल तेह्रथुम र छथर अस्पताल, फेदाप अस्पताललाई समेत विभिन्न स्वास्थ सामाग्री वितरण गरिएको मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री खापुङले नागरिकहरलाई स्वास्थ्य पहुँचबाट बञ्चित हुन नदिने बताउदै आउनुभएको छ।