अध्यक्ष ओली जनकपुर जाँदै, काँग्रेसका पूर्वमन्त्रीसहित ११ हजारलाई एमाले प्रवेश गराउने !

काठमाडौं, २७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर जाने भएका छन् । उनी विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गराउन जनकुपर जान लागेको बुझिएको छ ।

प्रदेश २ एमाले कमजोर मानिएको प्रदेश हो । एमाले सचिव रघुवीर महासेठका अनुसार ओली बिहान ११ बजे जनकपुर पुग्नेछन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहित कम्तिमा १० हजार जना एमाले प्रवेश गर्न लागेको स्थानीय नेता शम्भु साहले बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीको विशेष सम्बोधन रहनेसमेत जनाइएको छ।