जनकपुरमा ओलीलाई २०५ केजीको माला लगाएर स्वागत

जनकपुर, २७ भदौ । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जनकपुर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई २०५ केजीको मालाले स्वागत गरिएको छ ।

अध्यक्ष ओलीलाई जनकपुरधाम नगरकमिटीले स्वागत गरेको हो । आज अध्यक्ष ओलीले नेपाली काँग्रेसका पूर्वमन्त्री तथा विभिन्न नेताहरुलाई एमालेमा स्वागत गरेका छन् ।

काँग्रेसका प्रतिनिधिसभा सांसद रुही नाज र प्रदेशसभा सदस्य अन्जु यादव लगायत ५ हजार काँग्रेस कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।