काठमाडौं, २९ भदौ। सामाजिक संजालमा कडा टिप्पणी गरेर चर्चा कमाएका पुन्य गौतम आसन्न निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्का लागि सिफारिस भएका छन् ।
नेकपा एमालेले उनलाई काठमाडौं ३ बाट प्रतिनिधि सभासदस्यका लागि समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरेको हो।
गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । आफूलाई उम्मेदवारमा सिफारिस गरेकामा पार्टी नेतृत्वलाईमेत धन्यवाद दिएका छन् ।
उनी यसअघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा थिए ।
केही महिना अघि मात्रै उनी एमालेमा फर्किएका थिए । विभिन्न समसामयिक विषयमा कडा र तत्काल टिप्पणी गर्ने गौतम खासगरी युट्युव, टिकटक र फेसबुकमा चर्चित छन् ।