लोसपा प्रमुख सचेतक नै एमाले प्रवेश गर्दै, सँगै लाेसपाका १४ हजार बढी कार्यकर्ता एमाले आउने

जनकपुरधाम, ३० भदौ । लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक एवं पूर्व पर्यटनमन्त्री उमाशंकर अरगरीयाले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् ।

उनी यही असोज ८ गते औपचारिक रुप्मा एमाले प्रवेश गर्न लागेका हुन् ।

धनुषा निर्वाचन क्षेत्र नम्वर २ को तीनकौरिया चोकमा हुने वृहत् कार्यक्रममा मार्फत उनी एमाले प्रवेश गर्न लागेका हुन् ।

उनलाई प्रवेश गराउनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि धनुषा जाने बताइएको छ ।

यसअघि केपी ओली सोमबार जनकपुरधामको ऐतिहासीक तिरहुतिया गाछीमा आयोजित एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा जसपाका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादवसहितका नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गरेका थिए ।
अरगरिया हाल धनुषाबाटै प्रतिनिधिसभा सदस्य छन् । लोसपा सांसदसमेत रहेका उनी लोसपाबाटै धनुषा क्षेत्र नं. २ को क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्यका सिफारिस भएका थिए ।

०७४ मा अरगरिया झण्डै १४ हजार मतान्तरले निर्वाचित संघीय सांसद हुन् । यसअघि उनी एमाले प्रवेश गर्ने चर्चा थियो । तर पनि उनले औपचारिक निर्णयमा पुगेका थिएनन् । तर अब भने उनी एमाले प्रवेश गर्ने निश्चित भएको छ ।

उनी अत्याधिक मतान्तर अर्थात प्रतिद्वन्द्वीसँगको १४ हजार मतान्तरले विजयी भएका सांसद भएकाले उनीसँगै हजारौँ कार्यकर्ता एमाले प्रवेश गर्ने एमालेकाे दावी छ ।