मधेशलाई केपी ओली जति कसैले चिनेको छैन, त्यसैले एमाले रोजेँ : उमाशंकर

जनकपुरधाम, ३० भदौ । एमाले प्रवेश गर्न लागेका लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक एवं पूर्व पर्यटनमन्त्री उमाशंकर अरगरीयाले मधेशलाई नेकपा एमाले र केपी ओली बाहेक कसैले बुझ्न नसकेको बताएका छन् ।

आगामी असोज ८ गते औपचारिक रुपमा एमाले प्रवेश गर्न लागेका अरगरीयाले किन एमाले प्रवेश गर्न लाग्नु भएको हो ? भन्ने प्रश्नमा यस्तो प्रतिकृया दिएका हुन् ।

हाल प्रतिनिधिसभा सदस्य रहेका उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा पछिल्लो समय लोसपाबाट पर्यटन मन्त्री बनेका थिए ।

उनी धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनी २०७४ सालको निर्वाचनमा १४ हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए ।

याे पनि

लोसपा प्रमुख सचेतक नै एमाले प्रवेश गर्दै, सँगै लाेसपाका १४ हजार बढी कार्यकर्ता एमाले आउने