काठमाडौं, ३१ भदौ । नेकपा एमालेका नेता देवी ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीको जस्तोसुकै निर्देशन मान्न पनि कार्यकर्ता तयार रहेको बताएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै बिहीबार च्यासलमा उनले एमालेका नेता तथा कार्यकर्ताहरु पदका लागि नभएर देश र जनताको लागि काम गर्ने पार्टी भएको उल्लेख गरे।
‘एमाले कार्यकर्ता पदको लागि लडेका छैनन्। एमालेमा कार्यकर्ताहरु पार्टीको निर्देशनमा वि–ष पिउन तयार छन्। मर्न तयार छन्।
नेता ज्ञवालीले ०७४ को चुनावमा आफूहरुलाई मतपत्र च्यातेर अराएको आरोप लगाएका छन् । उनले त्यो स्थानीय तहको निर्वाचनमा मत च्यातेर आफूलाई हराउको भुलेर पनि पार्टीको निर्देशन मानेर आफूले चितवनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पठाएको जिकिर गरे ।
अबको निर्वाचनमा भने चितवनबाट प्रचण्डलाई हराएर छाड्ने र रजगज गर्न नदिने जिकिर गरे । उनले जनताको हितमा रहेर काम गर्ने पार्टी एकमात्रै एमाले भएको बताए । त्यस्तै प्रचण्डको एमाले कब्जा गर्ने प्रयास असफल भएको पनि उल्लेख गरे । उकत प्रयास असफल भएपछि प्रचण्डले १९ पृष्ठको आरोपपत्र जारी गरेको उनको ठम्याइ छ ।