काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङले माधव नेपालसहित १४ सांसदको पद कायम हुँदा संसद अवरोध गर्न बाध्य भएको बताएका छन् ,
पूर्वसभामुखसमेत रहेका उनले सभामुख अग्निप्रसाद सापकोटाकोको असमान व्यवहारकोबिरुद्ध आफूहरुले आन्दोलन गरिरहेको बताउदै उनले संसद चल्न नदिने पनि बताए ।
पार्टीले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता दिएनन्, तर माओवादीबाट एमाले प्रवेश गरेका सांसदहरुलाई भने तत्काल कारवाही गरियो, उनले भने ।
एमालेले आजपनि संसद चल्न दिएन । एमालेले सभामुखको कार्यशैलीबिरुद्ध चर्को बिरोध जनाउदै २३ भदौ २०७८ देखि संघीय संसदमा नाराबाजी गर्दै आएको छ ।
अघिल्लो अधिवेशन पुरै संसदको काम कारबाहीमा भाग नलिएको एमालेले मंगलबार शुरु भएको हिउँदे अधिवेशनमा पनि अवरोध गर्दै आएको छ ।
‘संसद अवरोध कहिलेसम्म ? भन्ने प्रश्नमा नेम्वाङले छोटो जवाफ भन्छन्, ‘माग सम्बोधन नभएसम्म।’
सभामुखले अब पनि एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको भनी सूचना टाँस गर्न सक्ने बताए । यसअघि नै एमालेले माधव नेपालसहित १४ सांसदहरुलाई कारवाही गर्न सिफारिस संसदलाई गरेको थियो । तर सभामुखले त्यतिबेला विचाराधिन रहेको भन्दै कारवाही अनुमोदन गरेका थिएनन् । पछि माधव नेपालले नयाँ पार्टी गठन गरेका थिए ।