काठमाडौं, ३१ भदाै । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले टुकुचा खोलाको विषयलाई लिएर काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता ढंगोलको प्रशंसा गरेका छन् ।
अध्यक्ष थापाले ट्वीट गर्दै टुकुचा खोला पत्तो लगाएकोमा बालेन र सुनितालाई स्याबासी दिएका हुन् ।
अध्यक्ष थापाले काठमाडौं महानगरले हराएको टुकुचा खोला खोज्ने साहसिक काम गरेको समेत बताएका छन् ।
उनले सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा रहेको उल्लेख गरेका छन्।
त्यस्तैगरी थापाले काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होउन् भन्दै शुभकामना दिएका छन् ।
स्याबास बालेन! स्याबास सुनिता!
हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि @ShahBalen @SunitaDangol10 लाई धन्यवाद
सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा छ। काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस्। शुभकामना pic.twitter.com/ctetHU8dWo— Kamal Thapa (@KTnepal) September 16, 2022