काठमाडौं, ०२ असाेज । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको नामावली तयार गर्न उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्ने भएको हो ।
निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार गर्ने तयारी भइरहेको एमलेले जनाएको छ ।
शनिबार बसेको एमाले सचिवालय बैठकले सङ्घीय तर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशीतालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल गरेको थियो ।