उपसभापतिमा कडा टक्कर : ९ सय मत गन्दा सबैको मत ३५० देखि ३९५ भित्र

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । सभापतिका लागि भएको निर्वाचनमा यो पटक पनि देउवाले बाजी मारे ।

१४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अहिले उपसभापतिको मत गणना भइरहेको छ । राष्ट्रिय सभागृहमा मतदान भएपनि यतिबेला उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु त्यहाँ पुर्‍याइएको थियो ।

हालसम्म ९ सय मत गणना भइसकेको छ । यसपटक यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र महेश आचार्य, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह छन् । हालको स्थितीसम्म देउवा प्यानलका विजयकुमार गच्छदारले ३५५ मत, पूर्णबहादुर खड्काले ३९५ मत, चन्द्र भण्डरीले ३५१ मत र धनराज गुरुङले ३९२ मत प्राप्त गरेका छन् ।