किशोरचन्द्र इङ्नाम समाजवादी विद्यार्थी युनियनको केद्रीय सदस्यमा मनोनित

काठमाडौं, २ असोज । तेह्रथुमका किशोरचन्द्र इङ्नाम जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनको केद्रीय सदस्यमा मनोनित भएका छन् ।

गत शुक्रबार काठमाडौंमा सम्पन्न संगठनको प्रथम पूर्ण कार्यसमितिको बैठकले इङ्नामलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

उनी हाल जसपा तेह्रथुम जिल्ला सचिवालय सदस्यपनि छन् । उनी करिब एक दशकदेखि जसपा निकट विद्यार्थी स‌गठनमा सम्लग्न छन् ।