तेह्रथुमका लक्ष्मण कार्की सीआइएनको सम्पादकमा नियुक्त

काठमाडौं, ३ असोज । तेह्रथुमका लक्ष्मण कार्की सामुदायिक सूचना नेटवर्क (सीआईएन)को सम्पादकमा नियुक्त भएका छन् ।

डेढ दशक अघि तेह्रथुमबाट पत्रकारिता थालेका कार्कीलाई (सीआईएन)को सञ्चालक संस्था सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले आईतबार सम्पादकमा नियुक्त गरेको हो ।

कार्की (सिआइएन)को विधान अनुसार लिखित परीक्षा तथा अन्तर्वार्तापछि सम्पादकका रुपमा छनोट भएका हुन् । उनलाई आइतबार नै अकोराब तथा सीआईएनको कार्यालय चाकुपाट ललितपुरमा आयोजित कार्यक्रममा अकोराबका अध्यक्ष अर्जुन गिरी, उपाध्यक्ष निमेष कर्ण र भुवन सिंह, महासचिव किशोरजङ्ग थापा, कार्यकारी निर्देशक बालकृष्ण पोख्रेल, सीआईएनका प्रमुख दीपक आचार्य लगायतले स्वागत गरेका छन् ।

तेह्रथुमको पौठाकमा जन्मिएका कार्कीकाे डेढ दशक लामो पत्रकारिता यात्रामा रेडियो कान्तिपुर, उज्यालो रेडियो नेटवर्क लगायत अधा दर्जन राष्ट्रिय सञ्चार माध्यममा आबद्ध थिए ।

नवनियुक्त सम्पादक कार्कीले सीआईएननमा जोडिन पाएकोमा खुशी ब्यक्त गर्दै बदलिंदो परिवेश अनुसार संस्थालाई अघि प्रतिवद्धता जनाए।

त्यस्तैगरी सीआइएनले लीलप्रकाश चन्दलाई कार्यक्रम सम्पादकमा बढुवा गरिएको छ । त्यस्तै सुसीला शर्मालाई भने बरिष्ठ कार्यक्रम अधिकृतमा नियुक्त गरेको छ ।