संरक्षणको पर्खाइमा कुम्मायकको ऐतिहासिक मालेपाटी

पाँचथर, ४ असोज । पाँचथरको कुम्मायक गाउपालिका वाडा न ३ मा रहेको मालेपाटी संरक्षण अभावमा जीर्ण बनेको छ ।

शताब्धीऔँ पूरानो उक्त पार्टीको संरक्षणमा सरोकारवालाहरुको ध्यान पुग्न सकेको छैन । उक्त ऐतिहासिक पार्टीलाई संरक्षण सम्बद्र्धन गरिनुपर्ने स्थानीयको माग छ ।

तेह्रथुम र पाँचथरको सिमा पर्ने तमोर नदीको किनारामा कुम्मायक गाउँपालिका पाँचथरतर्फ पर्ने उक्त मालेपाटी एक ऐतिहासिक स्थल हो । जहाँ पूर्वी हिमाली र पहाडी क्षेत्रका मानिसहरु परापूर्वकालमा तराई क्षेत्रबाट आउने जाने क्रममा बास बस्ने स्थान हो । तेह्रथुम, पाँचथर र ताप्लेजुङका नागरिकहरु धरानबाट नुन बोकेर ल्याउदा र पहाड क्षेत्रमा उत्पादित वस्तु धरानमा निर्यात गर्न पैदल यात्र गर्नेक्रममा बास बस्ने ऐतिहासिक पाटी हो ।

कुम्मायक ३ रानीगाउँ क्षेत्रका स्थानीयले उक्त पाटीलाई संरक्षण गर्न स्थानीय जनप्रतिनिधि र सरकारको ध्यानाकर्षण गरेका छन् ।