काठमाडौं,०५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय राष्ट्रहित अनुकुल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले टिप्पणी गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक दोस्रो पटक पनि पास नगरेको भन्दै सत्ता गठबन्न आक्रोशित भएका बेला अध्यक्ष थापाले भने भण्डारीको कदमलाई समर्थन गरेका हुन् ।
उनले सामाजिक संजालमा स्टाटस लेख्दै उनले नागरिकता सम्बन्धमा संविधान अनुकूल संशोधन नगरिएको विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक भएको दावी गरेका हुन् ।
‘प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन,वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ।राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ। संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ,’ उनले भनेका छन् ।
साथै अध्यक्ष थापाले राजनीतिक स्वार्थ परिपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलांजलि दिने सरकारको प्रयास असफल भएको पनि टिप्पणी गरेका छन् ।
राष्ट्रपतिको यो निर्णय राजनीतिकरुपमा विवादमा परेपनि इतिहासले सदैव प्रशंसा गर्ने गर्ने थापाले बताएका छन् ।
राजा वीरेन्द्रले पनि राष्ट्रहित विपरितको नागरिकता विधेयकमा लालमोहर लगाउन अस्वीकार गरेको सर्वविदितै भएको उनले उल्लेख गरेका छन् ।