फिदिम, ६ असोज । पाँचथरमा जनता समाजवादी पार्टी (जसपा) परित्याग गरि सयौँको संख्यामा नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) याङवरक गाउँपालिका समितिको आयोजनामा बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममार्फत बुधबार करिब १५० भन्दा बढी संख्यामा पार्टी प्रवेश गरेका हुन् ।
कार्यक्रम मार्फत जसपा नेपालका जिल्ला सदस्य द्वय श्याम बेघा र पूर्ण बेघाको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी उनीहरु माओवादी प्रवेश गरेका हुन् ।
यो माओवादी केन्द्र प्रदेश – १ अध्यक्ष हर्क नेम्वाङ (मिक्सो)को गृहजिल्ला पनि हो । नवप्रवेशीहरुलाई अध्यक्ष नेम्वाङले स्वागत गरेका छन् ।