एमाले प्रवेश गर्दै सर्वेन्द्रले भने – ‘म हर्षविभोर छु, खुशीकाे सीमा छैन’

काठमाडौं, ६ असोज । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् ।

बिहीबार एक कार्यक्रमकाबीच उनी नेकपा एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसँगै महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए ।

प्रवेश गरेसँगै खनालले एमाले प्रवेश गर्न पाउँदा हर्षविभोर भएको प्रतिकृया दिएका छन् ।

सबैमा नमस्कार
आजबाट म नेकपा एमालेमा प्रवेश गरेको छु। एमालेमा प्रवेश गर्न म पाउँदा हर्षविभोर भएको छु। आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसी छु।
धन्यवाद।