- कृष्ण कन्दङ्वा
तेह्रथुम, ८ असोज । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडामा दशैँको अवसरमा बडादशैँ मेला (बजार) लाग्ने भएको छ ।
वडा नम्बर ६ र स्थानीय बुद्धिजीवीहरुको पहलमा यही असोज १२ गते (तृतिया)देखि १६ गते फुलपातीसम्म भव्यताका साथ बडादशैँ मेला लाग्ने भएको हो ।
बि.स. २०३९ देखि ०४२ सम्म दुर्गामेलाका नामले लाग्ने गरेको बजारालाई पुनर्स्थापित गर्नेगरी नाम मात्रै शंसोधन गरेर यो वर्षदेखि बडादशैँ मेला लागाइने भएको शारदा माविका शिक्षक वीरेन्द्र कन्दङ्वाले बताउनुभयो ।
‘झण्डै ४ दशकअघि चुहानडाँडामा दुर्गामेलाको रुपमा बजार लाग्थ्यो दशैँमा, तर पछि त्यसले निरन्तरता पाएन । त्यतिबेलाको विशेषता भने रोटेपिङ, फुटबल खेलसहितको भब्यताकासाथ लाग्ने गर्थ्यो, विभिन्न कारणले उक्त मेला स्थगित भएको अवस्थामा २०७९असोज १२ गते तृतिया देखि १६ गते फूलपातिका दिनसम्म बडादशैं मेला पुन: सञ्चालन गर्ने तयारी हुदैछ,’ शिक्षक कन्दङ्वाले भन्नुभयो ।
यसपाली खेलकुदका साथै मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना हुने जनाइएको छ । चुहानडाँडाको पूरानो अस्पताल भवन तथा आसपासका क्षेत्रमा पुराना प्रकिृतिको बजार छाप्रो निर्माण गरि मेला लगाइने जनाइएको छ ।
बास, गाँस कपासजस्तै मानिसको आधारभूत आवश्यकता मनोरन्जन पनि भइसकेकाले मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गरिने बताइएको छ ।
मानोरञ्जनका साथै ऐतिहासिक पृष्ठभूमीसँग जोड्न लोप हुन लागेका संस्कार, सांस्कृति र पहिचान धाननाच, सेलोजस्ता वस्तुको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले मेलाको आयोजना गर्ने जनाइएको छ ।
यस मेलाका लागि वडासहित स्थानीय सरोकारवालाहरुको बैठक बसी भोलिसम्ममै औपचारिक निर्णया गरिने बताइएको छ । मेलाको अबसरमा पुरुष फुटबलको आयोजना गरिने जनाइएको छ ।
विगतमा पनि हुँदै आएको फुटबल प्रतियोगिताको पुरस्कार राशी बढाएर यसपलि प्रथमका लागि एक लाख र दास्रो पुरस्कार ५० हजार पुर्याइने जनाइएको छ ।
आठराईमा खेलकुदको बिकास र चुहानडाँडाको समग्र विकासका लागि फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको वडा ६ का अध्यक्ष कृष्ण बाँस्कोटाले बताउनु भयो ।
आठराईका सबै वडागत प्रतियोगिता हुनेगरी फुटबल खेलको आयोजना गरिने र उक्त प्रतियोगिताबाट खेलाडीको छनौट गरेर आगामी दिनमा आठराईको फुटबल टिम पनि चयन गरिने उहाँको भनाइ छ ।
मेलामा फुटबलका साथै भलिबल र ब्याडमिन्टन खेलजस्ता प्रतियोगीता पनि हुने जनाइएको छ ।
फुटबलका लागि मात्रै ३ लाख बजेट वडाबाट छुट्याइएको वडाध्यक्ष बास्कोटाले बताउनुभयो ।