उपसभापतिमा २ मतले हारे विजय गच्छदार

काठमाडौं, १ पुष । उपसभापतिमा विजयकुमार गच्छदार २ मतले पराजित भएका छन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा उपसभापतिका उम्मेदवार उनी धनराज धनराज गुरुङसँग दुई मतले पराजित भएका हुन् ।

गच्छदार शभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन भने गुरुङ शेखर कोइराला प्यानलका हुन् । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए ।

उनीहरुको मत परिणाम बुधबार राति आएको थियो । २ मतले हारेपछि उनले निर्वाचन समिति गुहारेका छन् । उनले पुन मत गणना हुनुपर्ने माग अघि सारेर सानेपा पुगेका छन् ।