काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र)का नेता तथा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
दशैँको बीचकै समयमा उनी एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट भक्तपुरम पुगेर एमाले प्रवेश गरेका हुन् ।
उनलाई सोमबार बालकोटमै अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले एमालेमा स्वागत गरेका छन् ।
उनी २०७४ को चुनावमा स्वतन्त्र उम्मेदवारबाट चुनाव जितेका थिए । त्यसअघि माओवादी रहेका उनी निर्वाचन जितेपछि पुन माओवादीमै फर्किएका थिए ।
२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका लामा जिल्लाका प्रभावशाली र लोकप्रिय नेता मानिन्छन् ।
उनीसँगै उनका पुराना सहकर्मी नेताहरु एमालेमै प्रवेश गर्ने तयारी गरिरहेका छन् ।