तेह्रथुम, २७ असोज । भागबण्डामा नेकपा एकीकृत समाजवादी तेह्रथुमले टिकट नपाएपछि विपक्षमा उम्मेदवारी दिएका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।
यो सँगै तेह्रथुममा पनि सत्ता गठबन्धनमा एकमत भएको छ । यसअघि नेकपा एकीकृत समाजवादीले अफूहरुलाई चुनावका लागि टिकट नदिएको र काँग्रेस–माओवादीले मात्रै एकलौटी टिकट लिएको भन्दै प्रदेशको दुवै क्षेत्रमा उम्मेदवारी दिएको थियो ।
नेकपा एकीकृत तेह्रथुमका अध्यक्ष कृष्ण चोङ्वाङले प्रदेशसभा (क)तर्फ एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्ण चोङवाङ र (ख)तर्फ नेता शिवनाथ खापुङले उम्मेदवारी दिएका थिए ।
त्यसअघि गठबन्धनमा नेकपा एकीकृत समाजवादीले एक प्रदेशसभा दावी गरेको थियो । तर गठबन्धनमा भाग मिलेको थिएन । यद्यपि बुधबार चोङ्वाङ र खापुङले गठबन्धनलाई नै साथ दिने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।
तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसकी सीता गुरुङ, प्रदेशसभातर्फ कांग्रेसका सन्तोष सुब्बा र दुर्गाप्रसाद चापागाईं उम्मेदवार छन् ।