पाँचथर, १ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को पाँचथर अध्यक्षका लागि निर्वाचन हुने भएको छ ।
नयाँ नेतृत्वका लागि भइरहेको चौँथो महाधिवेशनबाट अध्यक्षमा सहमति जुट्न नसकेपछि निर्वाचन हुने निश्चित भएको हो ।
महासंघको अन्य पदाधिकारीहरु भने सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा (फोनिज) पाँचथरका पूर्वअध्यक्ष गणेश साम्पाङ र रामचन्द्र बम्जन आकांक्षी बनेपछि निर्वाचनबाट अध्यक्ष चयन हुने भएको हो ।
आकांक्षी राई र बम्जनबीच सहमतिको प्रयास भएपनि असफल भएको थियो । निर्वाचन यही पुष ३ गते हुनेछ ।