चुहानडाँडास्थित शारदा मावि १६ कोठासहित पक्की बन्दै, कन्दङ्वाको पहलमा यसरी प्राप्त भयो ५ करोड

  • कृष्ण कन्दङ्वा

चुहानडाँडा, २७ असोज । भूतपूर्व विटिष्ट आर्मी संगठन नेपाल गोर्खा वाइलफेर ट्रष्ट (जीडब्लुटी)को सहयोगमा तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर– ६ स्थित शारदा माध्यमिक विद्यालयको नयाँ भवन बन्ने भएको छ ।

करिब ५ करोडको लगानीमा विद्यालयको १६ कोठे पक्की भवन बन्न लागेको हो ।

पुरानो भवन जीर्ण भइसकेकोले अब विद्यालयकै ग्राउण्डको क्षेत्रमा नयाँ भवन बन्ने विद्यालयका शिक्षक वीरेन्द्र कन्दङ्वाले बताउनुभयो ।

ट्रस्टले नेपालमा बसोबास गर्दै आएका भूपू आर्मीको परिवारलाई लाभाम्वित हुनेगरी कोषमार्फत स्वास्थ्य, शिक्षा र खानेपानीजस्ता क्षेत्रमा रकम उपलब्ध गराउने गरेको छ ।

उक्त कोषमा भूपू आर्मीहरुले पाउने तलव सुविधाको केही प्रतिशत रकम जम्मा गरिने गर्दछ । र, सोही जम्मा गरिएको रकम नै व्रिटिश आर्मीका सन्तानहरु लाभाम्वित हुनेगरी विकाशका क्षेत्रमा लगानी गर्ने गरेको छ ।

जसका लागि भूपू व्रिटिस आर्मीका आफन्त त्यस ठाउँमा बसोबास गर्दै आएको हुनुपर्नेछ ।

शारदा माविको भवन निर्माणको सवालमा भने पूर्वशिक्ष शंकरबहादुर कन्दङ्वाका बुबा ज्ञानबहादुर कन्दङ्वा (भूपू व्रिटिश आर्मी)को कागजातको आडमा पेश भएको निवेदनले रकम निकाशा भएको हो ।

त्यस्तै गोर्खा वाइलफेर ट्रष्ट शाखा कार्यालय जिरिखिम्तिको प्रमुख गोविन्द कन्दङ्वाको विषेश पहलमा शारदा माविले विद्यालयको पक्क भवन प्राप्त गर्ने भएको स्थानीय बुद्धिजिवीहरुको भनाइ छ ।

विद्यार्थीको पठनपाठन कक्षको प्रयोजनका लागि १६ कोठे भवन एकवर्षमै सम्पन्न गर्नेगरी सम्झौता भएको शिक्षक कन्दङ्वाले बताउनुभयो । त्यस्तैगरी क्यान्टिज, लाइवेरी भवन, ट्वइलेट, कम्प्युटर कक्ष इत्यादी प्रयोजनाका लागि पनि अन्य भवनहरु बन्ने शिक्षक कन्दङ्वाले बताउनुभयो ।

भवन निर्माण पश्चात विद्यार्थीको पठनपाठनसहित शिक्षक तथा विद्यालयको पनि भौतिक तथा शैक्षिक रुपमा उल्लेख्य प्रगति हुने विश्वास विद्यालयले लिएको छ ।

कसरी सम्भव भयो दुर्गम चुहानडाँडामा यतिको ठूलो योजना ?

यसो भन्छन् शिक्षक वीरेन्द्र कन्दङ्वा

भूपू व्रिटिष्ट आर्मीहरुले प्राप्त गर्ने तलवको केही अंश नेपालमा बसोबास गर्दै आएका भूपू आर्मीहरुको सन्तान प्रत्यक्ष लाभाम्वित हुनेगरी शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रमा रकम निकासा गर्ने रहेछ ।

यस कोष प्राप्त गर्न शारदा मा.वि चुहानडाँडामा पार्न १० वर्ष अघि देखि नै पहल गर्दै आएका थियौँ । संयोगबस गोविन्द कन्दङ्वा गोर्खा वाइलफेर ट्रष्ट शाखा कार्यालय जिरिखिम्तिको प्रमुख भएर आउनु भएछ ।

त्यो कोष प्राप्त गर्न विद्यालय वरपर भूपू शैनिकका आफन्त हुनुपर्ने जसमा शंकर बहादुर कन्दङ्वा (विद्यालयको पूर्वशिक्षक) उहाँका बुबा ज्ञानबहादुर कन्दङ्वा उहाँले विश्वयुद्ध पनि लड्नु भएको रहेछ ।

उहाँको पेन्सन नम्बर रहेछ । जो उहाँकी आमाले पेन्सन प्राप्त गरिरहनु भएको थियो । र, उहाँको श्रीमतिले विगतमा पेन्सन पनि पाउनु भएको रहेछ । सोही पेन्सन नम्बरको आधारमा वाइलफेर ट्रस्ट शाखा कार्यालय जिरिखिम्तिलाई कन्दङ्वा परिवारले विद्यालय भवन जीर्ण रहेको व्यहोरा उल्लेख गर्दै निवेदन गर्यो ।

त्यसलाई विद्यालय र विद्यालय व्यवस्थापन समितिले पनि सहयोग गर्यो । त्यसपछि व्रिटिस वाइफेरले पनि स्वीकृति दिएपछि यो सम्भव भयो ।

यसमा जिरिखिम्ति शाखा प्रमुखमा गोविन्द कन्दङ्वाले पनि बेजोडका साथ पहल गर्नुभएको छ । त्यसकारण उहाँका साथै ज्ञानबहादुर कन्दङ्वा (व्रिटिश आर्मी), छोरा शंकर कन्दङ्वा (पूर्वशिक्षक) लगायत कन्दङ्वा बन्धुहरुको ठूलो योगदान रहेको छ । उहाँहरुको याेगदान नभएकाे भए यो सम्भव थिएन ।