- मिलिना तुम्बापो
इलाम, १ पुष । दिनहरु बित्दै जाँदा मंसिरको महिना आयो । र, वित्न पनि लाग्यो । कलेज पढ्दा चिनेको र पछि रुम मेटसमेत भएकी शुष्मा र म इलामबजरमा सँगै बस्न थालिसकेका थियौँ। सम्बन्ध हाम्रो झाँगिदै थियो ।
थाहै नपाई हाम्रो बोलिचालीको सम्बोधन नै तँ र म मा पुगेसकेछ । हुनत सँगतको वर्ष पनि निकै भइसकेको थियो । हाम्रो भेट बिएड पहिलो वर्षदेखिनै भएको थियो । महेन्द्र बहुमुखी क्याम्पस इलाममा । अहिले हामी दास्रो वर्षमा मात्रै पढ्छौँ । तर बिचमा कोरोना महामरीले गर्दा केही वर्ष कलेज “ग्याप” थियो । चिनजानको समय धेरै नै भइसकेको थियो ।
समय निकै अघि बढेछ । हाम्रो मित्रताको लामो यात्राको परिणाम स्वरुप हामी घुम्न जाने चाह बढ्यो । २०७८ साल मंसिर २३ गते शुक्रबार हामी सन्दकपुर घुम्न गयौँ । सन्दकपुर घुम्न जाने तय मंसिर महिनाको दोस्रो या तेस्रो हप्तातिर भएको थियो ।
शुष्माको घर हामी बसेको इलाम बजारबाट आधा घण्टाको दूरीमा मात्रै थियो । सन्दकपुर घुम्न जानेबारे हाम्रो सल्लाह यस्तो थियो ।
“२२ गते बिहीबार शुष्माको घर जाने । अनि भोलिपल्ट गउँका साथीहरु र अन्य साथीहरुसँग गाडीको बन्दोबस्त गर्ने अनि बिहान छिटै पुगेर घुमेर आउने है।”
यात्रा सुरु
२२ गते राति शुष्माको घरमा पुग्यौँ । राति घरका सामान्य काम गर्यौँ । अनी खाना खाएर सुत्यौँ। शुष्माका गाउँघरका साथी र हामीबीच राति १२ बजे नै सन्दकपुरको यात्रा तय गर्ने सल्लाह थियो । सोही अनुसार शुष्माले राति १२ बजेको अलाम मोवाइलमा राखेकी थिइन् । राति ९ बजेतिर सुतेका हामीलाई १२ पुरा नबज्दै अलामले उठाइहाल्यो ।
अघिल्लो दिनको सर्त अनुसार हामीले बन्दोबस्तो गरेको गाडी पनि तयार थियो । त्यसपछि गाउँका सबै भेला भएर शुष्मा र म पनि गाडिमा चढ्यौँ । अब हाम्रो सन्दकपुरको यात्रा तय भयो । करिब १२ बजेर १५ मिनेट जाँदा ।
हामी जाँदै गरेको सन्दकपुर इलाम भारत सीमामा पर्ने एक रमणीय स्थान भन्ने पहिले चर्चा सुनेको हुँदा पुग्न आतुर थिएँ म। तर जाडोको कारण मेरो आतुरतामा केही अवरोध भने पक्कै भएको थियो । तर पनि यात्रा रमाइलो नै हुँदै थियो ।
शुष्माको घर माइपोखरीदेखि पूर्वोतर तिर पर्ने रहेछ सन्दकपुर । बाटो ढुँगै ढुँगाको थिया। अझ भनौँ ग्राभेलको बाटो अप्ठ्यारो थियो बाटो । निक्कै सास्ति थियो । भन्नेले भन्थे मावोको बाटो सजिलो थियो । तर हामी अर्कैबाटो गयौँ ।
निक्कै कष्टकर यात्रापछि हामी कालापानी बिहानको ४ बजेतिर पुग्यौँ । त्यहाँबाट दार्जिलिङ २५ किलोमिटर छ रे । कालापानीबाट पनि हामीलाई सन्दकपुर पुग्न १ घण्टा लाग्थ्यो । हामी पहिलो पल्ट जाँदै थियौँ सन्दकपुर सबैजाना ।
बाटो नदेख्दा समस्या
फलस्वरुप हामीलाई कालापानी पुगेपछि बाटो नदेखेको कारण समस्या भयो । त्यहाँ हामी करिब ४५ मिनेट जति अलमल हुनु पर्यो । त्यहाँ प्राय भारतीय नागरिकहरु थिए । त्यहाँबाट दुई बाटो थिएछन् । एक भारतीय बाटो र अर्को नेपाल तर्फको बाटो । तर हामी नेपाल बाटो हुँदै सन्दकपुर प्रस्थान गर्यौँ । त्यहाँ गाढीको चहलपहल निकै थियो । तर सबै भरतीय क्षेत्रतर्फ आवत जावत गर्ने ।
भारततर्फबाट सन्दकपुर जाने बाटो पक्की छ भन्ने सुनियो । तर हामी गएको बाटो भने ग्राभेलको थियो । त्यहाँको अनौठो चाही के थियो भने भारत भनिएको तिर विशाल बजार क्षेत्र देखिन्थ्यो भने ।
नेपाल तिर चाही जंगल र खाली चौर मात्रै । यद्यपि हामी बिहान सबेरै पुग्यौँ । हामी सन्दकपुर पुग्दा घाम पनि झुल्किएको थिएन । त्यहाँबाट घाम झुल्केको हेर्ने पनि हाम्रैँ उदेश्य थियो । केही समयको पर्खाइपछि घाम पनि झुल्क्यो । र, हामी रमाइ रमाइ सुर्योदय हेर्यौँ । जाडो अत्यान्तै थियो । घाम झुल्कीनु अघि अलिकमाथी डाडाँ र त्यहा झण्डै झण्डा राखिएको स्थान रहेछ। त्यहा गयौं ।
जाडोले रुइन शुष्मा
हामीले घामको पहिलो झुल्को पनि हेर्यौँ। जाडोले मेरो साथी शुष्मा रुएको पनि थियो । उनी जाडो खप्न नसकेर रोएकी थिइन् ।
वरपरको वातारण अन्यन्तै सुन्दर र रमणीय थियो । लाग्थ्यो प्रकृतिको अनुपम उपहार नेपाल भन्ने भनाइको पुष्टी यही दृष्यले गरिरहेको छ ।
त्यहाँ घुम्न आउने भारतीय र नेपाली पक्षको जमघट निकै बाक्लो थियो । चुत्रो भन्ने फल टिपेर पनि खायौँ । जो हाम्रो गउँतिरको भन्दा फरक थियो । तर हामीलाई त्यहाँबाट देखिने स्थानहरुको वर्णन चिनाउने मानिस नभएकोले अलिक असहज भने भएको थियो । यद्यपि लिनुपर्ने जति आनन्द हामीले लिएरै छोड्यौँ ।
त्यहाँदेखि कुम्भकर्ण, कञ्चनजंघा हिमाल पनि देखिन्थ्यो । सायद मलाई सगरमाथा हिमाल पनि देखिएजस्तो लाग्यो तर यकिन त्यही नै हो भन्ने अलिक ठम्याउन सकिन । सन्दकपुरका विषेश खाजा खाना पनि खुवाइदो रहेछ । तर हामीले भने खाजाका लागि घरैबाट जोहो गरेर लगेका थियौँ । सबै साथीहरुसँग त्यही खाजा खायौँ ।
नजिकै जंगे पिलर भनिदो रहेछ । जो जंगबहादुर राणाले सीमामा पीलर राखेको भनिदो रहेछ । त्यसको पनि अवलोकन गर्यौँ ।
सन्दकपुरबाट सकेसम्मको आनन्द लुटेर हामी करिब ४ बजेतिर घर फर्कियौँ । सन्दकपुर प्रकृतिक रुपमा एक रमणीय स्थान रहेछ ।
त्यहाँ पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न नेपालकै ठूलो पर्यटकको केन्द्र बन्ने देखिन्छ । त्यहाँको प्रकृतिक सुन्दरतालाई स्थानीय सरकारल या केन्द्र सरकारले अहिलेको भन्दा केही व्यवस्थित र प्रवदद्र्धन गर्न सकेको अवस्थामा सुन्दर नेपालको एक अंश बन्न सक्छ, सन्दकपुर । सन्दकपुर यात्रा मेरो जीवनकै एक रमणीय क्षण बनेको छ ।
मिलिना तुम्बापो, फिदिम नगरपालिका-५, हाल इलाम