काठमाडौं, ३० असोज । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री जाकिर हुसैन नेकपा एमाले प्रवेश गरेका छन् ।
मुलुकमा आम निर्वाचन हुँनै लाग्दा उनी सुनसरीका माओवादी केन्द्रका नेताहरुसहित एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उनकै निवास बालकोतमा स्वागत गरे ।
ओलीले हुसैनसहित करिब १ दर्जन माओवादी नेताहरुलाई खादा लगाइदिएर एमालेमा स्वागत गरेका हुन् ।