काठमाडौं, १ पुष । नेपाली काँग्रेसको महामन्त्रीमा गगनकुमार थापा विजयी भएका छन् । मतगणना बाँकी रहँदै उनी महामन्त्रीमा विजयी भएका हुन् । उनले मतगणना जारी रहँदै २५१८ मत पाएपछि विजयी भएका हुन् ।
उनले ३८६७ मत गणना हुँदा त्यतिको मत पाएका हुन् । काँग्रेमा जम्मा ४६७९ भोटर थिए । काँग्रेसका नयाँ नेतृत्वका लागि बिहीबार मतदान भएको थियो ।
थापापछि विश्वप्रकाश शर्माले १५९० मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका डा प्रकाशशरण महतले १२९६ मात्रै मत पाएका छन् । महतकै कम मतले गगन विजयी भइसकेका हुन् ।