बाजुरा, ३० असोज । नेकपा एकीकृत समाजवादीका बाजुरा जिल्ला अध्यक्ष गगन रावलसहित पार्टी कमिटी नै नेकपा एमालेमा विलय भएको छ ।
उनीसँगै जिल्ला कमिटीका सदस्यहरु एमाले प्रवेश गरेका हुन् । यतिबेला नेकपा एससहित सत्ता गठबन्धन संयुक्त चुनावी मोर्चामा छ ।
चुनावी माहोलको तयारी भइरहेकै बेला नेकपा एस बाजुरा अध्यक्ष रावल भने आफ्ना जिल्लाका टोलीसहित एमाले प्रवेश गरेका हुन् ।
एमाले स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार कर्णवहादुर थापा लगायतका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।
बाजुरामा प्रतिनिधि सभा र प्रदेशसभा सबैतिर कांग्रेसले उम्मेदवारी दिएपछि नेकपा एसको जिल्ला कमिटी एमालेतिर लागेको हो ।