कञ्चनपुर क्षेत्र नं २ :  एमालेका धामीलाई चुनौति नै चुनौति, साउदलाई कति सहज ?

कञ्चनपुर, १ असोज । अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाबाट प्रतिनिधिसभामा १० तथा प्रदेशसभामा राजनितिक दल र स्वतन्त्र गरि २० जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आ–आफ्नो मनोनयन गरी चुनावी प्रचार–प्रसार अभियानमा गाउँ–गाउँमा रहेका उनिहरु जनतालाई विभिन्न प्रलोभन देखाई आफ्नो पक्षमा मतदान गर्न भनिरहेका छन् ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य एन पि साउंद र नेकपा एमालेका नेता नर बहादुर धामी बिच प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७४ सालको चुनावमा जित हात पारेका नेकपा एमालेका नर बहादुर धामी लाई यसपालीको चुनाव जित्न केहि चुनौतीहरु देखिएका छन् ।

उनलाई ५ दलिय बामलोकतान्त्रिक गठबन्धनको विपक्षमा उभिएर चुनाव लड्न पहिलो चुनौती हो भने, ०७४को निर्वाचनमा उनै साउंद सगं प्रतिस्पर्धा गरि ५ वर्ष यो क्षेत्रको नेतृत्व गरेर पनि विकासका कामहरु गर्न नसक्नु अर्को चुनौती रहेको छ ।

२०७४ मा चुनाव जितेर संसद् बनेका उनले यो क्षेत्रको विकासमा खासै केहि काम गर्न नसकेको यहाका मतदाताहरु बताउदै आइरहेका छन् ।

झण्डै साडे तीन बर्ष आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ नजिकको सक्तीशाली सरकार भएको बेला सांसद रहेका धामिले यो क्षेत्रको विकास निर्माणका कामहरु केहि गर्न नसकेको मतदाताहरुको आरोप छ ।

तिनै धामी यस पटक फेरी प्रतिनिधिसभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नं २ का जनता संग मत मागिरहेका छन् , यस्तै उता २०७४ को निर्वाचनमा पराजित भएका कांग्रेस उम्मेदवार साउंद भने यसपटक निकै बलियो उम्मेदवारका रुपमा प्रस्तुत हुदैं आइरहेका छन ।

२०७० सालको निर्वाचनमा विजयी भई सिचाई मन्त्रि समेत बनिसकेका साउंद आफु मन्त्रि हुदां यो क्षेत्रको उल्लेख्य विकास गरेको दाबि गर्दै आइरहेका छन सांउदका तल्लो तहका कार्यकर्ताहरु यतिबेला उहांले मन्त्री हुदां गरेका कार्यहरु जनता माझ पुगाएर स्मरण गराउन निकै जोडबलका साथ लागेका छन यस्तै ०७४ मा आफुले हार्दा यो क्षत्रमा कुनै विकास नभएको भन्दै साउंदले जिल्लाको विकासका लागि आफुलाई मत दिन आग्रह गरिरहेका छन् ।

एमालेका नेता धामिको भन्दा पनि साउंद केन्द्रिय तहमा निकै पहुंचयोग्य नेता भएको र यस क्षेत्रको विकास गर्नसक्ने नेता भएकाले पनि यसपटक साउंद नै जित्ने अनुमान कतिपय तल्लो तहका एमाले कांग्रेस निकट कार्यकर्ताहरु लगाइरहेका छन् ।

एमालेको यो क्षेत्रमा टिकट वितरणलाइ लिएर असन्तुष्ट नेताहरुले पार्टी परित्याग गर्नेदेखि एमालेकैै चर्चित नेता टेक बहादुर हमालले क्षेत्र नं २ को प्रदेश सभा क मा स्वतन्त्र उम्मेदवारी दिएकोले यसको प्रभाव केन्द्रमा पनि पर्न सक्ने भएकाले धामिले चुनाव जित्न निकै कठिन देखिएको उनकै पार्टीका तल्लो तहका नेताहरुले बताउदै आइरहेका छन् भने यसपटक कांग्रेसमा टिकट वितरणमा केही नेताहरुमा असन्तुष्टि भए पनि टिकट वितरणलाइ लिएर पार्टिमा कुनै विवाद नभएको र पार्टी एकजुट भइ चुनावमा होमिएकाले यसपटक साउंदलाइ जित निकाल्न कठिन नरहेको कांग्रेस जिल्लास्तरिय नेताहरु बताउछन ।

यस्तै साउंदले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले प्रधानमन्त्री भएर दुई–दुई पटक संसद् भंग गरेर संविधान मास्न खोजेको तथा आफ्नो पार्टी नेपाली कांग्रेस संविधानको रक्षा गर्न कडा रुपमा उभिएको बताउदै आएका छन् ।
देशलाई अस्थिरता र अन्धकार तिर लैजान सहयोग गर्ने ओलीका उम्मेदवारलाई यसपटक विश्राम दिन पनि उनले जनतालाई आग्रह गर्दै आउनु भएको छ । यस्तै यस क्षेत्रको मात्रै नभई समग्र जिल्लाको विकासका लागि आफुलाई मत दिन साउंदले क्षेत्र नं २ का मतदातालाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभा सदस्य पदमा यो क्षेत्रका लागि नेपाली कांग्रेसबाट एन पि साउंद नेकपा एमालेबाट नर बहादुर धामि र अन्य साना राजनितिक दलका आठ उम्मेदवार सहित जम्मा दश छुट्टाछुट्टै पार्टी उम्मेदवारहरु चुनावी मैदानमा भएपनि प्रतिनिधिसभामा नेपाली कांग्रेसका एन पि साउंद रनेकपा एमालेका नर बहादुर धामि बिच प्रतिस्पर्धा हुने आंकलन गरिहेको छ ।