नेकपा एसकी समानुपातिक उम्मेदवार नै एमालेमा प्रवेश

काठमाडौं, १ असोज । नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य तथा समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार रीता रावल नेकपा (एमाले) मा प्रवेश गरेकी छन् ।

उनी मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेर एमाले प्रवेश गरेकी हुन् । उनलाई अध्यक्ष ओलीले अविर र माला लगाइदिएर पार्टीमा स्वागत गरे ।

नेतृ रावल संविधान सभाकी सदस्य पनि हुन् ।

नेकपा एसको अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव समेत रहेकी उनी बिचार नमिल्ने सँग अपवित्र गठबन्धन गरेको भन्दै एमाले फर्किएकी हुन् ।

एमाले प्रवेश गर्दै उनले यो गठबन्धनले देश दुर्घटनामा पर्ने देखेर आफू एमालेमै फर्किएको प्रतिकृया दिइन् ।