गोरखा, १ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भ्रष्ट्रचारको मामिलामा आफू चोखो रहेको दावी गरेका छन् ।
केहीदिन अघि गोरखा २ मा चुनाव लडन गएका अध्यक्ष प्रचण्डले उक्त दावी गरेका हुन् । उनले संसदवादीहरूमध्ये आफूमात्र भ्रष्टाचारमुक्त रहेको दावी गरेका हुन् ।
उनले आफ्नै पार्टीका सांसदहरुसमेत भ्रष्ट रहेको जिकिर गरे ।
‘माओवादीकै कतिपय सांसदहरु भ्रष्टाचारबाट मुक्त छैनन् । म भने भ्रष्टाचारको छिटाबाट निकै टाढा रहेको रहेको छु,’ उनले थपे, ‘संसदवादीहरूमध्ये म मात्र भ्रष्टाचारमुक्त रहेको मान्छे हो, हाम्रै पार्टी माओवादीकै कतिपय सांसदहरु भ्रष्टाचारबाट मुक्त रहेनन, म भने भ्रष्टाचारको छिटाबाट निकै टाढा छु।’