काठमाडौं, २ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्न एक लाख १३ हजार ४ सय ७७ जना इच्छुक भएका छन् ।
उनका लागि आज एकै दिन त्यतिका संख्यामा कुराकानी गर्न तयार भएका हुन् । ओलीले आफूसँग कुराकानी गर्न चाहनेले म्यासेन्जरमा नाम र नम्बर टिपाउन आग्रह गरेका थिए । उनले उक्त गरेको आह्वानको एकै दिनमा एक लाख भन्दा बढी कुराकानी गर्न तयार भएका हुन् ।
उनले कात्तिक ४ गते उनीहरुसँग कुराकानी गर्ने छन् ।
‘हालसम्म १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताले खुसी छु। धेरै नाम आएकोले नाम टिपाउने समय भोलि दिउसो १२ बजेसम्म मात्र निर्धारण गरेका छौं। नाम र नम्बर त टिपाउनु नी ? ,’अध्यक्ष ओलीले लेखेका छन्।