तेह्रथुम, ३ कात्तिक । आठराई गाउँपालिका ६ चुहानडाँडास्थित शारदा माविको नयाँ पक्की भवन निर्माणको सवालमा विद्यालयले अभिभावक तथा सरोकारवालाहरुसँग छलफल गर्ने भएको छ ।
विद्यालयका प्रधनाध्यापक भीमबहादुर आचार्यले एक सुचना जारी गर्दै सम्पूर्ण अभिभावक, बुद्धिजिवी, समाजसेवी तथा शिक्षा प्रेमीहरुमा अनिवार्य उपस्थितिका लागि अनुरोध गर्नुभएको छ ।
गोर्खावाइल्फेर ट्रष्टको सहयोगमा शारदा माविको २ तले १६ कोठे पक्की भवन बन्दैछ । सोही विषयमा विद्यालयले छलफल गरि विभिन्न निर्णय गर्न लागेको प्रधानाध्यापक आचार्यले बताउनुभयो ।
यो पनि
चुहानडाँडास्थित शारदा मावि १६ कोठासहित पक्की बन्दै, कन्दङ्वाको पहलमा यसरी प्राप्त भयो ५ करोड
उक्त बैठक शुक्रबार ११ बजे विद्यालयमै बस्ने अचार्यले बताउनुभयो ।
भूकम्पबाट जीर्ण बनेको विद्यालयको भवन विस्थापित गरि नयाँ निर्माण गर्नका लागि गोर्खा ट्रस्टले करिब ५ करोड रकम सहयोग गरेको छ ।
जसका लागि ट्रस्ट शाखा जिरिखिम्ति प्रमुख गोविन्द कन्दङ्वा, विद्यालयका पूर्वशिक्षक शंकर कन्दङ्वाको विशेषपहलमा उक्त रकम सुनिश्चितता भएको हो ।