भेटियो वडाध्यक्षको हराएको पर्स

तेह्रथुम, ४ कात्तिक । म्याङ्लुङ जाने क्रममा हराएको आठराई गाउँपालिका – ६ का वडाध्यक्ष कृष्णप्रसाद बाँस्कोटाको पर्स भेटिएको छ ।

बिहीबार फेदापको तालखर्क देखि म्याङ्लुङ जाँदा बाटोमा पर्स हराएको र भेट्नेलाई उचित पुरस्कार दिने घोषणा गरेका थिए ।

उक्त पर्स बिहीबार नै भेटिएको भनि सम्पर्क मानिस आएको र फर्कने क्रममा प्राप्त गरेको वडाध्यक्ष बास्कोटाले बताए ।

पर्समा सवारी चालक अनुमतिपत्रको लाइसेन्ससहित महत्वपूर्ण कागजात रहेको उनले बताएका थिए ।

म्याङ्लुङ जाँदा वडाध्यक्षको पर्स हरायो, भेट्नेलाई पुरस्कार