तेह्रथुम–२ क्षेत्रका ९० प्रतिशत भागमा विजुली मैले बालेँ, तर विपक्षीले जस लिँदैछन् : कन्दङ्वा

तेह्रथुम, ७ कात्तिक । नेकपा एमाले तेह्रथुम अध्यक्ष तथा प्रदेशसभा (ख) का उम्मेदवार तेजमान कन्दङ्वाले  आफ्नो क्षेत्रका ९० प्रतिशत भागमा बिजुली बाल्न आफूले नै भूमिका खेलेको दावी गरेका छन् ।

अहिले विपक्षी दल (माओवादी केन्द्र र काँग्रेस)का उम्मेदवारहरुले जिल्लामा विद्युतीय पूर्वाधार एवं विकासको जस लिइरहेका छन् ।

उक्त विपक्षी दलका उम्मेदवारहरुको भनाइ खारेज गर्दै कन्दङ्वाले एमाले नेतृत्वको सरकार र आफू प्रतिनिधि रहेका बेला आफ्नो क्षेत्रका ९० प्रतिशत विद्युतको विकास गरेको दावी गरेका हुन् ।

उनले आफूले दशकौँ देखि जिल्लाको बिकासमा खट्दै आएकोले जनताले जिताउनेमा विस्वस्त रहेको समेत बताएका छन् ।

‘गएको ५ वर्षमा थालिएका कामको शिक्षा स्वास्थ्य, विद्युत जस्ता विकासका कार्यहरुलाई पूर्णता दिन मैले उम्मेदवारी दिएको छु । म प्रतिनिधि रहैकै कार्यकालमा ३ पालिकामै ९० प्रतिशत विजुली बलेका छन्,’ उनले भने ,‘विपक्षी दलका उम्मेदवारहरुले विजुलीको राजनीति गरिरहेका छन् । उहाँहरुले आफ्नो देन भनेर गलत प्रचार गरिरहेका छन्। तर एमाले संस्थागत रुपमा विजुली ल्याउने पार्टी हो । एमाले सरकारका बेला विजुली आएको हो । त्यसको लागि मैले पहल गरेको हुँ। मैले चुनाव हार्नुपर्ने कारण नै छैन।’

याे पनि

०७४ मा तेह्रथुमका सबै क्षेत्रमा मैले नै एमाले जिताएँ, तर सिन्काे भाँचिएन : दुर्गा चापागाईँ

जिल्लामा विद्युतको सेवा विस्तार गर्दा काँग्रेस–माओवादी सत्तामै नरहेकोले उनीहरुले दावी गर्न लायक नभएको कन्दङ्वाको भनाइ छ । जिल्लाको हालसम्मको विकासमा एमाले र ओलीलाई नै जस जाने उनको जिकिर छ ।

‘नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली सरकारमा रहँदा बनेको नीति तथा कार्यक्रम अन्तर्गत विद्युत मात्रै नभइ तेह्रथुमको धेरै क्षेत्रमा अन्य विकास निर्माणका कार्यहरु भएको हो,’ उनले भने ।