मैले तेह्रथुममा बिकासको वीउ रोपेँको छु, त्यसलाई फुलाउन मैले जित्नै पर्छ : सिता गुरुङ

तेह्रथुम, ७ कात्तिक । प्रतिनिधिसभा सदस्यकी उम्मेदवार सिता गुरुङले आफू मन्त्री हुँदा तेह्रथुम जिल्लामा विकासको वीउ रोपेको बताएकी छन् ।

गुरुङले संविधानसभा सदस्य रहँदा जिल्लाको (छथरदेखि आठराईसम्म)को समग्र विकासको थालनी र विशेषगरी यातायात राज्यमन्त्री रहँदा भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण कामको थालनी गरेको दावी गरेकी हुन् ।

साझा चासोसँग कुराकानी गर्दै उनले आफू पछिल्लो पुस्ताकी युवा नेतृ भएकोले रोपिएका विकासलाई फुलाउनका लागि तेह्रथुमे जनताले आफूलाई नै मत दिएर जिताउने तर्क गरिन् ।

निर्वाचन तेह्रथुम : एमालेमा पुरानै ‘टेस्टेड’ उम्मेदवार, गठबन्धनमा युवा पुस्ता

‘म मन्त्री हुँदा सडक, खानेपानी, सिचाइँ र विद्युत विस्तारजस्ता विकास निर्माणका कामहरु थालिसकेकी छु । त्यसकारण मलाई जनताले मत दिएर जितउनुहुन्छ भन्ने विश्वस्त छु,’ गुरुङले भनिन् ।

तेह्रथुममा शिक्षा, स्वास्थ्य र कृषिमा आमुल परिवर्तन गर्न पूर्णतय अध्यायन गरेको हुनाले अफूले जित्नै पर्ने उनको भनाइ छ ।

समाजवजमा महिलाले जितेर केही गर्न सक्छ भन्ने विश्वास अझैसम्म नभएकोले त्यस भ्रमलाई फेल गर्नेगरी आफूले जिल्लाको बिकासमा काम गरेर देखाउने र समग्र महिलाको हक अधिकारलाई पनि सुनिश्चित गर्ने जिम्मा आफूले लिने उनको दावी छ ।