काठमाडौं, ८ असोज । तेह्रथुमका लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारहरुले आज काठमाडौंमा शुभकामना तथा भेटघाट कार्यक्रम गर्ने भएका छन् ।
लोकतान्त्रिक–वाम गठबन्धनमा आबद्ध तेह्रथुम काठमाडौं सम्पर्क समिति, समन्वय समिति र सम्पर्क मञ्चको आयोजनामा उम्मेदवारहरुले काठमाडौंमा बसोबास गर्दै आएका तेह्रथुम जिल्लाबासीहरुसँग तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान गर्न लागेका हुन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको प्रमुख आथित्यतामा सम्पन्न हुने कार्यक्रममा आउदो निर्वाचनमा तेह्रथुमबाट गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार दिएकी सिता गुरुङ, प्रदेशसभा १ का उम्मेदवार सन्तोश सुब्बा र प्रदेशसभा २ का उम्मेदवार दुर्गाप्रसाद चापागाईँको उपस्थिति रहने छ ।
कार्यक्रम मंगलबार बिहान १० बजे चावहिलस्थित ‘ए-वान पार्टी प्यालेस’मा हुनेछ । कार्यक्रममा आगामी निर्वाचनका सम्बन्धमा अन्तक्रियासमेत हुने जनाइएको छ ।