तेह्रथुमका दुवै क्षेत्रमा पूर्व–पश्चिम, उत्तर–दक्षिण सडक हामीले नै जोडेका हौँ : सिता गुरुङ

काठमाडौं, ९ कार्तिक। नेपाली काँग्रेस तेह्रथुमकी प्रत्यक्षतर्फकी उम्मेद्वार सिता गुरुङले आठराई देखि छथर र उत्तर दक्षिण सडक जाेड्ने पहल आफूहरुले नै बताएकी छन् ।

लोकतान्त्रिक-वाम गठबन्धनकी साझा उम्मेदवार समेत रहेकी गुरुङले तेह्रथुम–काठमाडौ सम्पर्क समिति, सम्पर्क मंन्च र समन्वय समितिले काठमाडौंमा आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै जिल्लामा चौतर्फ सडकको बिकास गरेको दावी गरिन् ।

‘पूर्वपश्चिम मोटरबाटो आठराई देखि छथरसम्मको मोटरबाटो व्यवस्थित गर्नका लागि २०६४ सालमा तुलसी सुब्बा प्रत्यक्षतर्फ र म समानुपातिकतर्फ उम्मेदवार थियौँ । हामीले छथर आठराई मोटरबाटो जोड्छौँ भनेर प्रतिबद्धता जाहेर गरेका थियौँ,’ उनले भनिन्, ‘पाँचवर्षम आउँदा हामी सबै पालिकामा मोटरबाटोबाट आउँछौ भनेका थियौँ। त्यही अनुसार अहिले सडक संजाल बनेका छन्।’

गुरुङले सिधुवा, शुक्रबारे, म्याङ्लुङ हुँदै हमरजुङ, फाक्चामारा, सुदाप त्यस्तै सुङ्नाम, सोल्मा पिप्ले म्याङ्लुङसम्मको सडक र माथिबाट पहाडी राजमार्गको अवधारणा ल्याएको दावी गरिन् ।

त्यस्तै जिल्लाको प्रदेश २ क्षेत्रमा जिरिखिम्ति देखि सम्दु मध्यपहाडी सम्दुदेखि संक्रान्ति, चुहानडाँडा त्यस्तै चुहानडाँडाको जीरो देखि थोक्लुङ हुँदै पोक्लाबुङ हुँदै म्याङ्लुङ त्यस्तै आठराई देखि ताप्लेजुङको दोभान सडकलाई समानन्तर रुपले उत्तर दक्षिण जोडेको उल्लेख गरेकी छन् ।

उत्ता जिल्लाको (क) क्षेत्रमा पनि शुक्रबारे हुँदै हाक्पारासम्म तमोर करिडोरलाई पनि जोड्नमा आफूहरु सफल भएको बताइन् । त्यस्तै चौकिदेखि म्याङ्लु–लुभुघाट त्यस्तै गुफादेखि श्रीजुङ पौठाक सिम्राहा, थोक्लुदेखि आठराईको इवासम्म सडक संजाल जोडेको बताइन् ।

उनले सडक संजाल बिकासको प्रमुख आधार भएकाले उत्तिसका रुख तथा निगुरो बेचेर भएपनि अहिले तेह्रथुमे जनताले जिविकोपार्जन गर्न सक्ने उनले जनाइन् ।

अहिले सडकका संजाल सबै वडामा जोडिएकाले अब १२ महिनै संचालन गर्न सक्नेगरीको स्तरोन्नतिमा आफूहरुको ध्यान जाने गुरुङले बताइन् ।